२२ माघ २०८२, बिहिबार | February 5, 2026

दार्चुला बाढीपहिरो अपडेट – मृतक पाँच जनाको शव भेटियो, सात वेपत्ता



दार्चुला ।अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् ।

महाकाली नगरपालिका –१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, नौगाड–२ बस्ने ६८ वर्षीय मोहनराम पार्की, ३२ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्नाको शव भेटिएको छ । अझै पनि सात जना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा परेर महाकाली नगरपालिका–१ का धनसिंह कार्की, उनका छोरा दीपक कार्की र दिनेश कार्कीसहित ३ जना भने बेपत्ता छन् । उनीहरुको घर पहिरोले पुरै पुरिएको छ । यस्तै, महाकाली नगरपालिका–२ मैखोली बस्ने ६३ वर्षीया मानमती शाहु बेपत्ता छिन । उनका श्रीमान् ६४ वर्षीय हर्कसिंह शाहुलाई भने घाइते अवस्थामा उद्दार गरिएको छ ।

पहिरोमा बेपत्ता भएका अन्य तीन जनाको अझै परिचय खुलेको छैन ।

घटनामा भएको धनजनको क्षतिको यकिन विवरण अझै आउन बाँकी छ । घटनास्थलमा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  १२ : २० बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न