२३ असार २०८३, मंगलबार | July 7, 2026

न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल दोस्रो पटक नेपाल प्रथम



बुटवल । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै प्रथम भएको छ । मन्त्रालयले गरेको सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल दोस्रो पटक प्रथम हुन सफल भएको हो । अघिल्लो वर्षको पहिलो अनुगमनमा पनि लुम्बिनी प्रादेशिक अस्पताल प्रथम भएको थियो । दोस्रो अनुगमनमा भने अघिल्लो वर्ष सुर्खेत अस्पताल प्रथम भएको थियो ।

न्यूनतम मापदण्ड मुल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका फोकलपर्शन कौशल भण्डारीले बताए । भण्डारीका अनुसार अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो भएको प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गर्दै प्रथम स्थानलाई कायम राखेको हो । लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सुपरिवेक्षण पश्चात बिहीबार बुटवलमा अयोजना गरेको मुल्यांकन तथा समिक्षा गोष्ठिमा अस्पताल प्रथम भएको घोषणा गरिएको थियो ।

अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन, स्वास्थ्य सेवा बिभाग, नर्सिङ तथा समाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेबी निरौला, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहित कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडे, स्याङ्जा अस्पतालका मेसु रमेश प्रशाद आचार्य सहितको टोली सहभागी थिए ।

सो अस्पतालमा लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, प्युठान, रुकुम, रोल्पा तथा गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु आउने गर्दछन् ।

अस्पतालको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षको अवधिमा ३ लाख ४ हजार ७२५ जनाले उपचार गराएका छन । आर्थिक वर्ष २०७८ को साउनदेखि २०७९ को असारसम्म अस्पतालको बहिरंग रोग विभाग र आकस्मिकमा गरी उक्त सङ्ख्यामा सेवाग्राहीले सेवा लिएका हुन् ।

 

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  १२ : ४१ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै