१० पुस २०८२, बिहिबार | December 25, 2025

हरेक सदस्यले थप दुई जना मतदाता बढाए एमालेको बहुमत सहजै आउछ : पोखरेल



काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित मोरङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले पार्टीले लिएको जे विचार छ त्यसलाई जनतासम्म पु¥याउन नसकेको हो की भनेर प्रश्न गरे । उनले कतिपय ‘छट्टुहरू’ले कमसल माल बेचिरहदा एमालेले भने गरेको राम्रो कामको समेत जनतामाँझ प्रचार गर्न नसकेको बताए । यसकारण निरन्तर जनतामाँझमै रहन उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेले चार प्रतिशत मत बढाए बहुमत पुग्ने पनि बताए । उनले भने, ‘यति भए सहजै एमालेको बहुमत पुग्छ ।’ काठमाडौंसहित अन्य जिल्लामा रहेका सम्पर्क मञ्चहरूले जिल्लाबाट आएका साथीहरूलाई संगठित गर्ने काम गरिरहेकोमा उनले प्रशंसा पनि गरे । उनले थपे, ‘यो निकै प्रभावकारी काम हो । थप राम्रो काम गर्दै जानु होला । तर, यस्ता काम गर्दा जिल्ला पार्टी नेतृत्वसँग समन्वय गर्नुहोस् । काठमाडौंमा जहाँ सुकै जे सुकै गरे पनि जिल्ला कमिटीसँग निरन्तर सम्पर्कमा रहनुहोला । नत्र भने परिणाम राम्रो नहुन सक्छ । हामी एकीकृत र केन्द्रीकृत नेतृत्व होस भन्ने चाहन्छौं । जिल्ला नेतृत्वले पनि मञ्चका साथीहरुलाई भिन्न र भाग खोस्न आएको जस्तो ठान्नु भएन ।’

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ३ : ५९ बजे

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान