१९ माघ २०८२, सोमबार | February 3, 2026

नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल कोषाध्यक्षमा खबरकुराकर्मी श्रेष्ठ



बुटवल । नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले हरिश ढकालको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । प्रदेशको मुकाम राजधानी बुटवलमा आज सम्पन्न अधिवेशनले उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाई (कपिलबस्तु), सचिव रुपनी जिएम (बाँके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरुमा प्रेम विश्वकर्मा (बर्दिया), पहलमान घर्ती (रोल्पा), मुक्ति न्यौपाने (पाल्पा), अनिल खत्री (गुल्मी), सजना कार्की (पुर्वी रुकुम), बसन्त बिक (अर्घाखार्ची), असोक पौडेल (कपिलबस्तु), बिमल पुरी (रुपन्देही) रहेका छन । यसैगरि अधिवेशनले सल्लाहकारहरु मनोज पौडेल (कपिलबस्तु), बसन्त गिरी (कपिलबस्तु), हरि शर्मा (नवलपरासी), सन्जय रिजाल (प्युठान), शम्भु पन्त (रुपन्देही) लाई चयन गरेको छ ।

अधिवेशनको आज एक समारोहकाबीच नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको महासचिव बिक्रम खड्काले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै महासचिव खड्काले फोटो पत्रकारीता पत्रकारीताको महत्वपूर्ण विधाको रुपमा रहेको बताए । फोटो पत्रकारीतामा लुम्बिनी प्रदेशको अगाडी रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा संस्थागत रुपमा लाग्न निर्वाचित टिमलाई आग्रह गरे ।

महासंघका अध्यक्ष मनोज पौडेललले नवनिर्वाचित अध्यक्ष हरिश ढकाललाई माईन्युट हस्तान्तरण गर्दै आफनो कार्यकालमा प्रदेशका फोटो पत्रकारहरुलाई संगठित गर्न सफल भएको बताए । महासंघको आधार तयार भएको भन्दै अब यसलाई रचनात्मक रुपमा अघि बढाउन नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई सुझाव दिए ।

कार्यक्रममा निर्वतमान उपाध्यक्ष सी.पी. खनालले देश चिनाउने र पत्रकारीताको विधाका रुपमा रहेको फोटो पत्रकारीतालाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले आफनो कार्यकालमा फोटो थोरै तर प्रभावकारी कार्यक्रम गर्ने प्रतिवद्धता जनाउदै फोटो पत्रकारीता तालिम तथा अन्तरक्रिया गरिने बताए ।

यसैगरि अधिवेशनले चितवनमा हुने केन्द्रिय महाधिवेशनमा केन्द्रिय प्रतिनिधी चयन गर्ने र प्रदेशको प्रतिनिधित्व गर्न अध्यक्षलाई अधिकार दिईएको छ । यसैगरि प्रदेश समितिको कार्यालय बुटवलमा स्थापना गर्ने र सोको ब्यवस्थापन अध्यक्ष र कोषाध्यक्षले गर्ने गरि जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ७ : १६ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली