३ चैत्र २०८२, मंगलबार | March 17, 2026

अर्घाखाँचीका भुसाल भारतमा दिगो विकास दूतको रूपमा सम्मानित



अर्घाखाँची । नेपाली मोटिभेसन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मोटिभेश्न‍ल स्पिकर केपी भुसाल भारतमा सम्मानित भएका छन् ।

भारतको हैदरावादमा सम्पन्न आर्टिफिसियल इन्टेलिजेन्स फर सस्टनेवल डेभ्लपमेन्ट नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भुसाल दिगो विकास दूतका रूपमा सम्मानित भएका हुन् ।

भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालय र बहुउद्देश्यीय सचेतना केन्द्रको संयुक्त आयोजनामा होटेल ताजमहलमा सम्पन्न सम्मेलनमा प्रमुख वक्ताको रूपमा पुगेका भुसाललाई विशेष सम्मान गरिएको हो ।

अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ बाँजाखर्क स्थायी घर भएका भुसालले कानुन विषयमा समेत स्नातक गरेका छन् ।

मध्यम परिवारमा जन्म भई कक्षा १२ सम्म अर्घाखाँचीको धारापानीमा अध्ययन गरेका भुसालले आम नेपालीहरूमा सकारात्मक चेत प्रवाह गर्न सके आत्महत्या, बालविवाह, बलात्कार जस्ता अपराध कम हुनसक्ने बत्ताउँछन् ।

विभिन्न संघ संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा देशभर व्यक्तित्व विकास, नेतृत्व विकास र उद्यमशीलता अभिवृद्धि सम्बन्धी सेमिनार सम्पन्न गर्ने लक्ष्य रहेको भुसालले बताए ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ७ : ३७ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन