३ चैत्र २०८२, मंगलबार | March 17, 2026

अझै सिन्डिकेटको बेथिति : समितिको सम्पत्ति सीमित व्यक्तिका नाममा



काठमाडौं । सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन् । पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन् ।

सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो । त्यसैको सुविधा उपयोग गर्दै समितिका पदाधिकारीले सदस्यहरूलाई थाहै नदिई सम्पूर्ण चल अचल सम्पत्ति पदाधिकारीका नाममा दर्ता गराएको गुनासो व्यवसायी सदस्यहरूको छ ।

तत्कालीन यातायात सेवा समितिमा एक गाडी एक मताधिकार हुन्थ्यो । अनि समितिको चल अचल सम्पत्तिमा पनि सबै व्यवसायीको समान हक लाग्थ्यो । सयौँ व्यवसायीले दुःख-कष्ट सहेर जोडेको सम्पत्तिमाथि केही व्यक्तिको मात्रै भोगाधिकार रहेकोबारे व्यवसायीले पाँच वर्षपछि मात्रै जानकारी पाएको बताएका छन् ।

सेवा समितिलाई यातायात कम्पनीमा रूपान्तरण गर्दा तत्कालीन पदाधिकारीकै नाममा साबिकको सम्पत्ति स्थानान्तरण गरेर कम्पनी दर्ता भएका छन् । कोटेश्वर पूर्व जाने करिब एक दर्जन यातायात सेवा समिति कम्पनीमा रूपान्तरण हुँदा १० जनाभन्दा कम सदस्य राखिएको छ । काठमाडौंको कोटेश्वर पूर्व चल्ने तत्कालीन काभ्रे मिनिबस सेवा समितिका १८० वटा गाडी अहिले पनि नियमित सञ्चालनमा छन् ।

काभ्रे पुण्यमति सेवा प्रालिका नाममा रूपान्तरित काभ्रे मिनिबस सेवा समितिका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन पदाधिकारी तथा अन्य सदस्य नौ जनाको नाममा सरेको छ ।

त्यस्तै तत्कालीन काभ्रे बस सेवा समितिले कम्पनीमा रूपान्तरण गर्दा पाँच जनाको नाममा मात्रै कम्पनी दर्ता गरेको छ । सो कम्पनीका १८० भन्दा धेरै बस सञ्चालनमा छन् ।

काठमाडौंदेखि सिन्धुपाल्चोकसम्म यातायात सेवा दिने हेलम्बु यातायात सेवा समितिले १० जना सञ्चालक राखेर कम्पनी दर्ता गरेको छ । सो कम्पनीमा ७० वटा बस र अरनिको राजमार्गको बनेपाखण्डमा आफ्नै भवन छ । आजको गोरखापत्र दैनिकमा केशब राज पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ७ : ४४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित