१५ माघ २०८२, बिहिबार | January 29, 2026

सन्दीप लामिछाने आज नेपाल फर्कंदै



काठमाडौं । नाबालिग बलात्कार आरोप लागेपछि निलम्बनमा परेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्कंदै छन् ।

गत साता सन्दीपमाथि १७ वर्षीय किशोरीले बलात्कार आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएपछि सन्दीप क्यारेबियन प्रियिमर लिग बीचमै छाडेर नेपाल फर्कन लागेका हुन् ।

सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ । पक्राउ पूर्जी जारी भइसकेकाले जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्ने प्रहरीले जनाएको छ ।

सन्दीपविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले एक होटलमा लगेर आफूमाथि पटक–पटक जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् ।

प्रारम्भिक अनुन्धानपछि प्रहरीले गत बिहीबार सन्दीपमाथि पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै सन्दीपलाई नेपाल क्रिकेट संघ ९क्यान०ले पनि राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।

क्यानले निलम्बन गरेलगत्तै सन्दीपले सामाजिक सञ्जालमार्फत आफू निर्देष भएको भन्दै नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने बताएका थिए ।

सन्दीपले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका थिए । सन्दीपले क्यानसँग कानुनी सहायताका लागि आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  १२ : १८ बजे

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी