१५ माघ २०८२, बिहिबार | January 29, 2026

नेपाल टी-२० का विदेशी खेलाडी यी हुन्



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी २० लिगको पहिलो संस्करणमा सहभागी ६ क्लबले ३३ विदेशी खेलाडीलाई भित्र्याएका छन् ।

असोज ८ गतेदेखि हुने प्रतियोगिताको लागि आज (आइतबार) भएको ड्राफ्टबाट सहभागी ६ फ्रेन्चाइज टिमले विभिन्न देशका ३३ खेलाडीलाई अनुबन्ध गरे । यस अघिनै सहभागी क्लबले ११-११ नेपाली खेलाडी अनुबन्ध गरेका थिए ।

प्रतियोगिताको विदेशी खेलाडीमा वेस्टइन्डिजका चर्चित अलराउन्डर कार्लोस ब्रेथवेटदेखि श्रीलंकाका थिसरा परेरा र पाकिस्तानका पूर्व कप्तान मोहम्मद हाफिजसमेत छन् । विदेशी खेलाडीहरुलाई पनि ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा बिभाजन गरी ड्राफ्ट गरिएको थियो ।

कुन टिमले क-कसलाई अनुबन्ध गरेः

काठमाडौैं गोर्खाज

थिसरा परेर (ए), दर्शनप्रीय विराकोदी (बी), धनन्जय डी सिल्भा (सी) कामिन्दु मेन्डिस (सी), विरन्दीप सिंह (सी)

पोखरा एभेन्जर्स

मोहम्मद हाफिज (ए), सिकुगे प्रसना (बी), निरोसन डिकवेला (बी), सल्मान इर्सद (सी), सेहन मधुसन्का (सी)

विराटनगर सुपरकिंग्स्

एन्गोलो म्याथ्युस (ए), जोसुआ पेर्साउद (बी), एन्ड्रे म्याकार्थी (बी), गौरन्सु शर्मा (सी), मिनोद रणसिंङ्घे (सी) कोएन जोसेफ (सी)

लुम्बिनी अल स्टार्स

बेन कटिङ (ए), रकिम कोर्नवेल (बी), प्याट ब्रोन (बी), विपुल शर्मा (सी), लहिरु मिलन्था (सी), नुवान तुसारा (सी)

जनकपुर रोयल्स

एडम लिथ (ए), ट्रेभोन अबासिाइ ग्रिफ्फत (बी), इब्राहिम जर्दान (बी), राज रकी नानान (सी) सुवासिंङ्घे प्रीयान्जन (सी)

फारवेस्टर्न युनाइटेड

कार्लोस ब्रेथवेट (ए), दुसन हेमान्था (सी), पुलिना थरंगा (सी), जोसन मोहम्मद (सी), अलाह गजान्फर (सी), जिया उल रेहमान (सी)

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ६ : ५३ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण