२ चैत्र २०८२, सोमबार | March 17, 2026

माथिल्लो मनाङमा याक र चौंरी धमाधम मर्न थाले



मनाङ । मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित प्रिप्चे चरन क्षेत्रमा कान्छा गुरुङले पालेकामध्ये ७ वटा चौंरी एकैसाथ मरे । समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाइमा छ यो चरन क्षेत्र पर्छ ।

यहाँ पालिएका याक र चौंरीमा धेरै र्‍याल काढ्ने, खान मन नगर्ने, घाँटी सुन्निने, श्वास फेर्न गाह्रो भएर कराउने आदि लक्षण देखिएको छ । पशु प्राविधिकलाई बोलाएर परीक्षण गराउँदा १०६ डिग्री सेल्सियससम्मको ज्वरो आएको पाइएको कान्छा गुरुङले बताए ।

मनाङ ङिस्याङ-२ घ्यारुस्थित ४ हजार ६ सय ५० मिटरमा रहेको लेक घ्योरकङ क्षेत्रमा पेम्वाडिन्जी गुरुङले पालेकामध्ये ३ वटा याक र ३ वटा चौंरी मरे । यही समयमा मनाङ ङिस्याङ-५ भ्राकामा पर्ने ४ हजार ५ सय मिटर उचाइमा रहेको आइसलेकमा सेते विकले पालेका ३ वटा चौंरी र एउटा याक मरे ।

धमाधम याक र चौंरी मर्न थालेपछि भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख पशु चिकित्सक नारायण कुसुमसहितको टोली लेकका चरन क्षेत्रमा खटिएको थियो । उनका अनुसार परीक्षणका लागि बिरामी याक र चौंरीको नोजल स्वाब, रेक्टल स्वाब, रगतको नमुना ईडीटीए, सिरम स्याम्पल लिइएको थियो ।

मृत्यु भएकाबाट टिस्यु स्वाब, मुटु, फोक्सो, कलेजो, मिर्गौला र बोन म्यारोको नमूना लिइएको थियो । घ्यारु र ङावलको लेक घ्योरकङमा मात्रै १२ वटा याक र चौंरी मरेका छन् । भ्राकाको आइस लेकमा १० वटा र प्रिप्चेमा ८ वटा याक र चौंरी मरेका छन् । तीन वटा क्षेत्रमा ७ सय २२ वटा याक र चौंरी रहेकामा अहिले ४२ वटा बिरामी छन् ।

पशु प्राविधिकले विस्तृत रूपमा भेटनेरी इपिडिमियोलोजिकल अध्ययन सर्वेक्षण गर्दा रोग पत्ता नलागेपछि परीक्षणका लागि नमुनालाई पोखरा पठाइएको थियो । टंकी र भ्राकामा पशु चिकित्सक नारायण कुसुमका साथमा मनाङ ङिस्याङ गाउँपालिका पशु सेवा शाखा प्रमुख राजीव दाहाल खटिएका थिए । घ्यारु र ङावलमा नायब पशु सेवा प्राविधिक हरि तामाङ र भक्त रावत खटिएका थिए । पशुमा भ्यागुते रोग लागेको आशंका गरिएको छ ।

भदौ ७ मा पहिलो पटक नमून पठाएकोमा रोगको पुष्टि हुन नसकेपछि पुनः नमून संकलन गरी भदौ १२ मा पोखरा पठाइएको उनले बताए । पोखराको प्रयोगशालामा पनि रोग निदान नभएपछि हाल नमूनालाई काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ७ : ३० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित