१५ माघ २०८२, बिहिबार | January 29, 2026

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै



काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपालको भ्रमणमा आउँदै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली तीन दिने भ्रमणका लागि आज नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत काठमाडौं ओर्लिने भएको छ ।

उनले आजै सभामुख सापकोटासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्‍याउन सक्ने सहयोग र सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, लीको सम्मानमा सभामुख सापकोटाले आज साँझ रात्रिभोज आयोजना गर्ने भएका छन् ।

लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यससँगै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गर्नेछन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यससँगै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने भएका छन् ।

उनको भ्रमणका क्रममा बीआरआईका विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ८ : २६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण