२२ माघ २०८२, बिहिबार | February 6, 2026

चोलेन्द्रले प्रतिशोध साँध्ने र झुटो बयान दिए : ओमप्रकाश अर्याल



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटो बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् ।

आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका छन् । शीर्ष नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहेका छन् ।

आइतबार बयान दिने क्रममा जबराले अधिवक्ता अर्यालको चरित्रमाथि प्रश्न उब्जाउने गरी बयान दिएपछि सोमबार अर्यालले जबराले प्रतिशोध साँध्न र झुटो बोलेको प्रतिक्रिया दिएका हुन् ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अधिवक्ता अर्यालकी श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन गरेको सिफारिस आफूले इन्कार गरेको भन्दै बयान दिएका जबराले त्यसपछि अर्यालले सम्पत्ति शु्द्धीकरणको रिट हालेको समितिसमक्ष बताए ।

‘बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशमा पुनदेवी महर्जनलाई दुईचोटी सिफारिस गर्नुभयो । मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निर्थक हो भनेर निर्णय नै गरिसकेको छ,’ जबराले आइतबार आफ्नो बयानमा भनेका थिए ।

सोमबार जबरालाई जवाफ दिँदै अधिवक्ता अर्यालले भनेका छन्, ‘चोलेन्द्र शम्शेरको निष्ठा र न्यायिक आचरणको बारेमा सुरूदेखि नै निरन्तर रूपमा आलोचनात्मक टिप्पणी सार्वजनिक गर्दै आएको हुँ । उनले प्रतिशोध साँध्न झुठो तथ्य खडा गरी नकारात्मक भाष्य निर्माण गर्न खोजेको देखियो ।उनको दावी मसंग सम्बन्धित सार्वजनिक तथ्यबाटै आधारहीन पुष्टि हुन्छ ।’

अधिवक्ता ओमप्रकाश अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०का कानुनी सल्लाहकार समेत हुन् ।

 

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  २ : १३ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद