१२ बैशाख २०८१, बुधबार | April 24, 2024

१३ अंकले घट्यो सेयर, नेप्से १९ सय नजिक



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ । बाँकी १२ वटै उपसमूह घटेका छन् ।

एनआरआइसी र एनटीसी दुवैको सेयर मूल्य घट्दा अन्य उपसमूह १।७० प्रतिशत घट्यो । यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो रह्यो ।

प्रतिनिधि उपसमूह १।४३ प्रतिशत घट्दा समेत युनाइटेड, मर्दी आरबीको सेयर ४.१७ प्रतिशत बढ्यो । यस्तै, बोटलर्स नेपाल तराईको सेयर पनि २ प्रतिशत उक्लिएको छ । कारोबारमा आएकामध्ये १४९ स्टकको सेयर घटेको छ । जम्मा २८ वटाको मूल्य बढेको छ।

बजार घट्दा कारोबारको आकर्षण नबिल बैंकको सेयरमा देखिएको छ । बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो। तर, सेयर मूल्य भने चार रुपैयाँ घटेको छ। रिडि र हिमालयन डिष्टिलरीको सेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ०३ बजे

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा