४ बैशाख २०८१, मंगलबार | April 16, 2024

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’



काठमाडौं । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नपाल (जसपा) र राष्ट्रिय जनमार्चाका पाँच दलीय गठबन्धन रहकाे छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँट आन्तरिक छलफलमा रहेको छ ।

हाल सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण बहुसंख्यक पालिकामा पराजय व्यहोरेको एमाले साना दलसँग गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभामा बलियो उपस्थिति देखाउन खोजेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैं गठबन्धन निर्माणका लागि आन्तरिक छलफलमा छन् ।

स्रोतका अनुसार ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । निर्णाय छलफल एवं सिटबाँडफाँटका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई वार्ता एवं छलफल गर्न जिम्मेवारी दिएको छ । उता, लोसपाले सर्वेन्द्रनाथ शुक्ललाई वार्ताका लागि जिम्मेवारी दिएको छ । राप्रपा अध्यक्ष लिङदेनसँग ओली आफैं छलफल गरिरहेका छन् । उनीहरू दुवै झापाका हुन् ।

यसअघि, २०७४ को निर्वाचनमा समेत ओली र लिङ्देनबीच एकअर्कालाई सहयोग दिने सहमति भएको थियो । लासपाले यसअघि पाँच दलीय गठबन्धनमा सहभागी हुने प्रयास गरेको थियो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोसपालाई पाँच दलीय गठबन्धनमा सहभागी गराउन प्रयास गरे पनि’ उनी असफल बने ।

देउवा, ठाकुर, महतोबीच पटकपटक प्रधानमन्त्री निवास बालुवाटारमा विगतमा छलफल भएको थियो । तर, पाँच दलीय गठबन्धनमा लोसपा सहभागी हुन सक्ने वातावरण नबनेपछि लोसपा अन्ततः एमालेसँग तालमेल गर्ने निष्कर्षमा पुगेको हो । लोसपा नेता शुक्लले एमालेसँग चुनावी तालमेल’ छलफल भएको स्वीकार गरेका छन् । लोसपा शीर्षनेताको आन्तरिक छलफलमा ठाकुरले एमालेसँग तालमेल’ छलफल भएको जानकारी गराएका छन् ।

एमालेसँग चुनावी तालमेल गर्ने निष्कर्षमा पुगेको लोसपाले २० सिट दाबी गरेको छ । लासपा विजयी भएका मधेसका सिटका साथै केही सिट पहाडी क्षेत्रमा समेत पाउनुपर्ने दाबी गर्दै सोहीअनुसार एमालेका उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आवश्यकताअनुसार चुनावी तालमेल हुन सक्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममा समेत पोखरेलले ‘अन्य दलसँग चुनावी तालमेल हुने’ बताउँदै आएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चुनावी तालमेल’ छलफल भइरहेको बताउँदै ‘अहिले कुनै निष्कर्षमा पुगिनसकेको’ उल्लेख गरे । लोसपा, राप्रपासँग छलफल भए पनि अहिलेम्म कुनै किसिमको टुंगो लाग्न नसकेको बताउँदै उनले ‘छलफल जारी नैरहेको’ सुनाए । लासपा सुरुमा पाँच दलीय गठबन्धनमा सहभागी हुने खोजे पनि ‘वातावरण नबने’पछि एमालेसँग छलफलमा आएको हो ।

राप्रपासँग अध्यक्ष ओली आफैं छलफल गर्दै आएका छन् । त्रिपाठी र थापासँग समेत छलफल गर्दै चुनावी तालमेल रणनीतिमा एमाले छ । २०७४ को निर्वाचनमा त्रिपाठीसँग एमालेले सहमति गरेको थियो । त्रिपाठी एमाले सूर्य चिह्नबाट निर्वाचन लडेर विजयी भएका थिए । मधेसमा लोसपा र प्रदेश १ मा राप्रपाको संगठन बलियो रहेको र उनीहरूसँग तालमेल गरेर केही सिटमा सहयोग गर्ने र केहीमा सहयोग लिएर पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर विजयी हुन सक्ने निष्कर्ष एमालेको छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ५८ बजे

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला