२७ पुस २०८२, आइतबार | January 12, 2026

डा. केसीले फेरि अनसन बस्नपर्नु लज्जाको विषय : बाबुराम भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसी २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।

डा. केसीले २०औं अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् ।

‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २०औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औं अनसन सुरु गरेका हुन् ।

‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन ? वेलैमा सोचौं,’ डा. भट्टराईले भनेका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  १ : २३ बजे

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा

बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको