१५ माघ २०८२, बिहिबार | January 29, 2026

अवरुद्ध बेनी-भकिम्ली सडक सञ्चालनमा



गलेश्वर । गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी-भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ ।

सदरमुकाम बेनीबाट दूधेखोला-हलेगौडा-डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो । पहिराले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका थिए ।

“बेनी नगरपालिका र स्थानीयको पहलमा तीन महिनापछि मर्मत गरेर आंशिकरूपमा सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ”, स्थानीय शेरबहादुर घर्तीले भने । गत वर्ष ढलानसहितको सडक पहिराले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो । पहिराले हलेगौडासहित आसपासका क्षेत्रका बस्तीसमेत जोखिममा परेको छ ।

भकिम्ली हुँदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी-थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ ।

भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि उक्त स्थान सधैँ जोखिम बन्दै गएको वडाध्यक्ष पदम पुनले बताए ।

“सडक अवरुद्ध हुँदा जनतालाई सास्ती भएको थियो, अहिले सामान्य मर्मत गरेर सवारी आवतजावत गर्न सक्ने बनाएका छौँ, सडकलाई दिगो बनाउन ठूलो बजेटको आवश्यकता देखिएको छ”, उनले भने । गत वर्ष ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमितजसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको समेत सर्भे भएको थियो । सरकारी निकायबाट विनियोजित बजेटबाहेक स्थानीयले श्रमदान गरी सडक विस्तार गरेका थिए ।

 

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ९ : ०६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण