२७ पुस २०८२, आइतबार | January 12, 2026

ड्युटी नगरि तलव पचाउने चिकित्सक विरुद्ध क्यान्सर अस्पतालको कडा कदम



खजुरा । सरकारी अस्पतालमा जागीर पकाएर निजी अस्पताल वा क्लीनिकमा समय दिने बानी परेका चिकित्सकहरुमाथि बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल प्रशासनले एक्सन लिन थालेपछि चिकित्सकहरुले आफ्नो अपमान भएको भन्न थालेका छन् । करार सम्झौता अनुसारको समय नदिएर ढिलोगरी अस्पताल पुगेका केही चिकित्सकसहित स्वास्थ्यकर्मीलाई अस्पताल परिसरमा प्रवेसमा रोक लगाइए पछि ती चिकित्सकहरुले आफ्नो अपमानभएको गुनासो गरेका हुन् ।

मंगलबार अस्पतालमा पुगेका दुई जना डाक्टर प्रविण गुप्ता, डाक्टर मुकेश यादव र केही स्वास्थ्यकर्मिलाई शुरक्षागार्डले ढिला गरी पुगेको भन्दै प्रवेशमा रोक लगाएका थिए । अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लको आदेशमा ढिलागरि पुग्ने चिकित्सकमाथि सुरक्षा गार्डहरुले रोक लगाएका थिए ।

अस्पतालमा आफुहरु मेडिकल सुपरिटेन्डेन्टको मातहतमा रहेको र मेसुकै निर्देशनमा आफुहरु चल्न तयार रहेपछि अध्यक्षले सुरक्षा गार्ड लगाएर प्रवेश निषेध गरेको चिकित्सक द्वयको गुनासो छ ।

डा. प्रविण गुप्ता यस अघि पनि अस्पतालमा समय नदिने, आएपनि १-२ घण्टा बसेर निस्कने गरेको गुनासो आउने गरेको थियो । उनले क्यान्सर अस्पतालमा ६ घण्टा समय दिने गरि करार समझैता गरेपनि अधिकांस समय उनको निजी अस्पताल कृपा अस्पतालमा समय दिने गरेका थिए ।

सुरक्षा गाडीले गेटमा रोक लगाएपछि मेसु डा. कृष्ण आचार्यले चिकित्सकहरुलाई सम्झाएर अस्पताल प्रवेश गराएका थिए । अध्यक्ष मल्लबाट राम्रो उद्देश्यका साथ कडाई गरिएको र त्यसलाई प्रक्रिया मिलाएर कार्यान्वयन गरिने मेसु आचार्यले खबुकुरासँग भने ।

अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लको समितिले सोमबार १० देखि ४ बजेसम्म डिउटिमा रहनुपर्ने निर्णय गर्दै उक्त निणर्य कार्यान्वयन गराउन अस्पताल प्रशासनले मंगलबार शुरक्षा गार्डलाई दिएको थियो ।

सोमबार मात्र अस्पताल विकास समितिले सम्पूर्ण कर्मचारीहरु ड्रेस, आइडी कार्डसहित १० बजे नै कार्यालय आइपुग्नुपर्नेसमेत निणर्य गरेको थियो ।

भरिभराउ क्यान्सर अस्पताल, संघीय सरकारको अस्पताल, दरबन्दी शुन्य

५ वर्ष पहिलेबाट धार्मिक उद्देश्य सहित संचालनमा आएको क्यान्सर अस्पतालमा पछिल्लो समयमा बिरामीहरुको चाप बढेको छ । २०५३/५४ बाट स्थानीय नागरिकको मुट्ठी दानबाट अस्पताल बनाउन शुरु गरिएको अभियानमा २०७४ सालमा सरकारले अपनत्व लिँदै सरकारबाटै अस्पताल संचालन गरिएको थियो । क्यान्सर अस्पतालको मान्यता दिँदै संघीय सरकारबाट अस्पताल संचालन गर्ने निर्णय भएपनि सरकारले अस्पतालको लागि एक जना पनि चिकित्सकको दरबन्दी स्विकृत गरेको छैन । २० जना चिकित्सक रहेको अस्पतालमा ३ जना भेरी अस्पताल नेपालगन्जबाट काज सुरुवा गरिएको छ भने १७ जना करार सेवामा नियुक्त भएका छन् । मेडिकल सुपरिटेन्टेन्ट डा. आचार्य स्वयम भेरी अस्पतालका स्थायी चिकित्सक हुन् ।

अस्पतालमा हाल ५ जना क्यान्सर सम्बन्धी विशेषज्ञ, १ जना फिजिसियन सहित क्यान्सर रोगसँग अन्तर सम्बन्ध रहने विषयगत बिषयका चिकित्सकहरु कार्यरत छन् ।

हरेकदिन १०० बढी बिरामीले ओपीडी सेवा लिइरहेको अस्पतालमा दैनीक १ वा २ शल्यक्रिया हुने गरेको छ । दैनीक कम्तिमा  १५ जना केमो चढाउन अस्पताल आउने गरेको मेसु आचार्यले जानकारी दिए । अस्पतालका बेडहरु प्राय सधैं भरिने गरेका छन् । एक महिना भित्र रेडियो थेरापीको उपकरण आईपुग्ने र त्यसपछि क्यान्सरको सबै उपचार खजुराबाट सम्भव हुने डा. आचार्यले बताए ।

अस्पताल विकास समिति ४ वर्षदेखि अपुरो

अस्पताललाई सरकारले अपनत्व लिने क्रममा अस्पताल नियमित संचालन गर्न सरकारबाट १ जना अध्यक्ष, २ जना सदस्य मनोनयन गर्ने र ३ जना अस्पतालको संकल्प गर्ने प्रखर परोपकार मिशन नेपालबाट पठाउने गरि बिनियमावली बनेपनि मिशन नेपालको ५ वर्ष देखि साधारणसभा र नबिकरण नहुँदा समितीमा रहने ३ सदस्यको बैधानिकता गुमेको छ । समितिका अध्यक्ष किस्मत कक्षपति खजुरा गाँउपालिकाको २०७४ सालको निर्वाचनबाट निर्वाचित भएपछि उनले समितिको साधारणसभा गराएका छैनन् ।

‘पालिका अध्यक्ष भएपछि न त उनले कसैलाई कार्यबाहक छाडे, न आफुले समितिको बैठक डाके, ५ वर्ष देखि समिति निस्कृय भयो ।’ समितिका उपाध्यक्ष शिवराज श्रेष्ठले भने ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ११ : ३१ बजे

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा

बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको