२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

अब बुटवल–गोरुसिङ्गे–चनौटा सडक ४ लेनको बन्ने



काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चनौटा सडक चार लेनमा स्तरोन्नति हुने भएको छ ।

विश्वबैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा ६९ किलोमिटर लम्बाइको सडक आगामी वर्षबाट निर्माण अघि बढाइने सडक विभागले जनाएको छ ।

यो सडकको लागत ३२ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । सडक एक सय किमी प्रतिघण्टाको गति सवारी साधन गुड्ने हुने र सडक सुरक्षा तथा वातावरणीय संरक्षणमा विशेष जोड दिइने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए ।

सात पुल निर्माण गरिने र त्यसमध्ये केही पुल आधुनिक प्रविधि र आकर्षक हुने उनले बताए। थापाले भने, “बुटवलमा तिनाउ नदीमा सिग्नेचर पुल निर्माण हुनेछ ।” सडक निर्माणका लागि थप जग्गा अधिग्रहण गर्न नपर्ने भए पनि केही पसल र घरका भाग हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले बताए ।

सडक स्तरोन्नतिका लागि हाल विश्वबैंक र सरकारबीच आर्थिक सम्झौता हुने चरणमा रहेको छ । सो सडक सन् २०२३ नोभेम्वरमा सुरु भएर सन् २०२६ को नोभेम्वरमा सम्पन्न हुने अनुमान गरिएको छ ।

कूल ३०५ मिलियन ३८ अर्ब रकम रहेको ‘अक्सेलरेटिङ ट्रान्सपोर्ट एण्ड ट्रेड कनेक्टिभिटी इन साउथ एशिया–नेपाल फेज १’ अन्तर्गत सडक स्तरोन्नती गर्न लागिएको हो । यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा भूसंरक्षण विभाग आबद्ध रहनेछन् । विश्वबैंकले विभिन्न राजमार्गको स्तरोन्नतिका लागि सरकारलाई ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।

सरकारले पूर्व–पश्चिम राजमार्गलाई एशियाली राजमार्गको स्तरोन्नति गरिरहेको छ । चार लेन सडक विस्तार गरी आधुनिक पुलसँगै ‘अण्डर पास’, ‘ओभर पास’ लगायतको निर्माण अघि बढाइएको छ । वन क्षेत्र हुँदै सडकपर्ने स्थानमा वन्यजन्तुमैत्री सडक निर्माण भइरहेको छ । विभिन्न खण्डमध्ये कतै सडक निर्माणाधीन र कतै निर्माणमा जाने चरणमा रहेका छन् ।

रासस

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  १२ : २५ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात