८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार दुई खण्डमा, तिनाउमा सिग्नेचर ब्रिज



बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति हुन थालेको छ । विश्व बैंकले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २७ करोड ५० लाख उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको हो ।

सडक विभागका सहसचिव तथा उपमहानिर्देशक डा. विजय जैसीले सडकको ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको जानकारी दिए । उनले भने, “पुरानो सडक हो यो, यसलाई हामीले दुई खण्डमा विभाजित गरी स्तरोन्नतिको काम अघि बढाउने छौँ ।”

विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो बनाउन थालिएको हो । बुटवलबाट गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति हुनेछ ।

उपमहानिर्देशक जैसीका अनुसार बुटवलबाट गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । सो खण्डका लागि एक महिनाभित्र बोलपत्र प्रक्रियामा जाने सडक विभागको योजना छ । अर्को गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ को डिजाइन गरेर तुरुन्तै काम अगाडि बढाउने योजनामा विभाग रहेको छ । यो सडक तीन वर्षभित्र काम सम्पन्न हुने गरी गरी ठेक्का लगाउने तयारी भइरहेको छ ।

यो सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने ठूला सवारी चलाउनका पनि सहज हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा राजमार्गमा सवारीसाधनको चाप वृद्धि हुन थालेपछि सडक विस्तार गर्न अनिवार्यजस्तै भएको सडक कार्यालय बुटवल प्रमुख इन्जिनियर होमबहादुर एसीले बताए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ । बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माणको काम पनि अगाडि बढाइने सहसचिव जैसीले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ३३ बजे

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ