२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवलमा बजाजको नया स्पोर्टी बाईक लन्चसंगै एक्सचेन्ज महाकुम्भ



बुटवल । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित गरि विभिन्न योजना शुरु गरेको छ ।

स्पोर्टी लुक्स खोज्ने ग्राहक केन्द्रित नया बाईक लन्चसंगै सागितिक कार्यक्रमहरुमार्फत देशब्यापी कार्यक्रम चलाएको छ । चर्चित गायक प्रमोद खरेल, गायिका टीका प्रसाई र हास्यकलाकार सुमन कार्कीको उपस्थितिमा साङ्गीतिक कार्यक्रम शनिबार बुटवलमा हुने रुपन्देहीको आधिकारीक विक्रेता भैरव अटोमोबाईल्स प्रालिका संचालक कपिल खड्काले शुक्रबार पत्रकार सम्मेलन गरि बनाए ।

‘स्पोर्टी लुक्सको बजाज पल्सर एनएस १ सय २५ सिसि नया बाईक लन्च गर्दैछौ ।’-उनले भने । तराई सडकका लागि धेरै उपयोगी र ईकोनोमी बाईक भएको उनले बताए ।

विश्वब्यापी रुपमा वातावरण जोगाउने मापदण्ड बिएस सिक्स प्रविधिको पहिलो बाईक भएको उनले बताए । युवा र संगितलाई जोडेर प्रचार गरिएको उनले बताए ।

पुर्व ईटहरीबाट १३ तारिकमा शुरुभएर बुटवलमा शनिबार गरिदै आएको छ । यसैगरि असोज १ गते विश्वकर्मा पुजाको दिन बुटवलमा सागितिक कार्यक्रमसहितको लन्चिङ कार्यक्रम गर्न लगेको उनले बताए । आकर्षण लुक्ससंगै ईकोनोमी बाईक भएको उनले बताए । बजार मुल्य २ लाख ७९ हजार ९ सय रुपैयामा रहेको छ । कम्पनीले रातो, निलो, सुन्तला र खैरो गरि ४ कलरमा बजारमा आएको छ । यो संगै असोज २ गतेदेखि ७ गतेसम्म महामेला एक्सचेन्ज समेत चलाउने भएको छ ।

कार्यक्रममा हंसराज हुलास चन्द एण्ड कम्पनी बजाजको सेल्स रिजनल अफिसर प्रकाश शर्मा मरासिनीले ग्राहकका लागि ‘बजाज आधाको आधा’ नामक ग्राहक योजना समेत ल्याएको बताए ।

जस अन्तर्गत ग्राहकलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाइक लैजान सक्ने सुविधा रहेको छ । यस योजना अन्तर्गत हरेक बाईकको खरिदमा सात हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीले बताएको छ । बजारमा १८ वटा मोडलहरु बजाजका दुईपाग्रे सवारीसाधनहरु बिक्रीवितरण हुदै आएको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ५ : २८ बजे

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री