१५ माघ २०८२, बिहिबार | January 29, 2026

भारतमाथि नेपालकाे ऐतिहासिक जित, पाँचौं पटक फाइनलमा



काठमाडौं । महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक भारतमाथि जित निकालेको छ । शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतमाथि ऐतिहासिक जित निकाल्ने नेपालले १-० को जित निकाल्यो ।

यसअघिका पाँचैं संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो। जसमध्ये नेपाल ४ पटक फाइनल र एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।

यता, अघिको पाँचौं उपाधि अपराजित रहँदै जितेको भारतको यो पटक पनि लागतार दुई हार बेहोरेपछि पहिलो पटक फाइलन पुग्न असफल भएको छ । यसअघि उ समूहको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

भारतविरुद्ध नेपाललाई जित दिलाउने क्रममा पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गरेकी थिइन् । उनले प्रीतिलाईको पासमा गोल गरेकी थिइन् ।

पहिलो पटक साफा च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले अब फाइनलमा बंगलादेशको सामाना गर्ने छ । बंगलादेशले आजै भएको सेमिफाइनलमा भुटानमाथि ८-० को जित निकालेको थियो । याेसँगै महिला साफले नयाँ विजेता पाउने छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ७ : ३० बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा