४ पुस २०८२, शुक्रबार | December 20, 2025

अछाममा पहिरो खसेर घर पुरिँदा ७ जनाको मृत्यु, १२ बढी बेपत्ता



धनगढी । अबिरल वर्षापछि खसेको पहिरोले घर पुरिंदा अछाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा बगेर १२ बढी बेपत्ता भएका छन् । तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुईवटा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ भने कमलबजार गाउँ पालिकामा खसेको पहिरोमा पुरिएको ५ जनाको शब निकालिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिन राज आचार्यले बताए । तुर्माखाद र कमलबजारमा गरि १२ जना बेपत्ता भएको उनले बताए ।

प्रहरीका अनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ । गाँउका १२ बढी अझै बेपत्ता रहेका छन् ।

अहिले प्रहरी टोली घटनास्थलतर्फ हिंडेको छ तर सडकमार्ग अवरुद्ध भएकाले पुग्न समय लाग्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको