२५ चैत्र २०८२, बुधबार | April 8, 2026

न्यु होराईजनका निश्चललाई लन टेनिसमा दुई स्वर्ण



बुटवल । काठमाण्डौमा जारी लन टेनिस प्रतियोगितामा बुटवलका निश्चल ज्ञवालीले दुई वटा स्वर्ण चुमेका छन । टेनिस खेलको विकास र बिस्तारको उद्येश्यका साथ टिम टेनिस नेपाल, धापाखेल ललितपुरको आयोजनामा टिम टेनिस नेपाल जुनियर खुल्ला प्रतियोगिता २०७९ को यु–९ र यु–१० उमेर समुहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण हात पारेका हुन ।

आईतबार भएको पहिलो खेलमा यु–९ उमेर समुहमा ज्ञवालीले विश्वविशेष डल्लाकोटीलाई ५–३, २–४ र १३–११ को सेटमा पराजित गर्दै उपाधि चुमे । यसैगरि यु–१० उमेर समुहमा पनि ज्ञवालीले दर्लाकोटीलाई १–६, ६–३, १०–५ को सेटमा पराजित गर्दै उनले दोस्रो स्वर्ण चुमेका हुन । ज्ञवाली न्यु होराईजनमा कक्षा ५ मा अध्यरत छन ।

नेपाल लन टेनिस संघका अध्यक्ष ज्योती राणाले देशभरमा लन टेनिसको उमेर समुहका खेलाडी उत्पादन भैरहेको बताए । भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म संचालन भएको प्रतियोगितामा ८, ९, १०, १२, १४, १६ उमेर समुह र खुल्ला ईभेन्ट गरि देशभरबाट एक सय बढी खेलाडीहरु सहभागी छन । बुटवल लन टेनिस कोर्टमा हाल विभिन्न उमेर समुहका दुई दर्जन बालबालिकाहरु लन टेनिस प्रशिक्षण लिईरहेका छन ।

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १ : ४० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

युद्धविराम सहमतिकाबीच खाडीमा आक्रमण जारी

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी