२८ पुस २०८२, सोमबार | January 12, 2026

बाँके र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु



काठमाडौं । मोरङ र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–८ सम्शेरगन्ज बस्ने ७३ वर्षीय बुद्धीमान लामाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

पानी तान्ने मोटरमा जोडेको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।

सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ०१ बजे

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत । “शरीरको कुनै अंगमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”,

३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस बुटवलमा दीप प्रज्वलन र चियापानसहित मनाइयो

बुटवल । ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले स्वदेशमा नै विकसित

विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान १० बजेदेखि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका-५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला