१८ आश्विन २०८३, आइतबार | October 4, 2026

दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु



दाङ । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : ४२ बजे

रुपन्देहीमा गोली प्रहार गरेर बालिका अपहरणका आरोपी पक्राउ

बुटवल । बालिका अपहरणको आरोप लागेका एक जनालाई प्रहरीले गोली

गगन विरुद्ध सभापतिमा उम्मेदवारी घोषणा गरेका राठौर अझै प्रतिनिधि छानिन सकेनन्

नेपालगन्ज । आजबाट सुरु हुने नेपाली कांग्रेसको १५ औ महाधिवेशनमा

बिकाश पाण्डेय नेतृत्वको सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो नयाँ योजना

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

जितिया : निराहार व्रत समापन

जनकपुर । सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने

एमाले रुपन्देही सचिवालय सदस्य मनकुमार कनौजेसहित १२० जना रास्वपामा प्रवेश

बुटवल । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजेसहित