४ पुस २०८२, शुक्रबार | December 20, 2025

टुकुचा मिचेर बनेका संरचना तत्काल नभत्काउन उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले टुकुचा मिचेर बनाइएका संरचना तत्काल नभत्काउन आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले जयनेपालचोकदेखि काठमाडौंप्लाजासम्म हराएको टुकुचा खोज्न सुरु गरेपछि सो क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै तत्काल कुनै संरचना नभत्काउन अल्पकालीन आदेश दिएको हो ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरले टुकुचा खोला मिचेर बनेका संरचना भत्काउँदै खोला खुला गर्ने अभियान सुरु गरेको थियो । महानगरले जयनेपाल सिनमा हलको कम्पाउण्डमा १५ फिट खोतल्दा खोला फेला पारेपछि उत्खननलाई निरन्तरता दिइरहेको थियो ।

उच्च अदालतले यही ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यसपछि अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा आदेश हुनेछ । अदालतको आदेशमा प्रक्रिया बमोजिम नक्सा पास गरिएको र निर्माण सम्पन्नताको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन भनिएको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको