२२ माघ २०८२, बिहिबार | February 5, 2026

टुकुचा मिचेर बनेका संरचना तत्काल नभत्काउन उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले टुकुचा मिचेर बनाइएका संरचना तत्काल नभत्काउन आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले जयनेपालचोकदेखि काठमाडौंप्लाजासम्म हराएको टुकुचा खोज्न सुरु गरेपछि सो क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै तत्काल कुनै संरचना नभत्काउन अल्पकालीन आदेश दिएको हो ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरले टुकुचा खोला मिचेर बनेका संरचना भत्काउँदै खोला खुला गर्ने अभियान सुरु गरेको थियो । महानगरले जयनेपाल सिनमा हलको कम्पाउण्डमा १५ फिट खोतल्दा खोला फेला पारेपछि उत्खननलाई निरन्तरता दिइरहेको थियो ।

उच्च अदालतले यही ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यसपछि अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा आदेश हुनेछ । अदालतको आदेशमा प्रक्रिया बमोजिम नक्सा पास गरिएको र निर्माण सम्पन्नताको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन भनिएको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ५८ बजे

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास