१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो



वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।

ती सवारी साधनको आयातबाट रु चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा रु तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा रु ४५ करोड ८१ लाख बराबरका चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा रु २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।

यसैगरी, चालु आवको पहिलो छ महिनामा रु ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा रु ३० करोड ९६ लाख बराबरका दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ८ : ०८ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै