२२ माघ २०८२, बिहिबार | February 5, 2026

अछाममा बाढी पहिरोमा परि मृत्यु भएकाको सामूहिक दाहसंस्कार



अछाम । बाढी र पहिरोमा परि २३ जनाको ज्यान जानेको आज सामूहिक दाहसंस्कार गरिएको छ । जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी नारायण डाँगीले बताए ।

शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिका सहित २३ जनाको ज्यान गएको थियो ।

परिवार पुरै सखाप हुने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । जिल्लाको कमलबजार नगरपालिका ६ विपथमा ७ जना, बडा नम्बर ८ ढाँकुमा ५ जना, तुर्माखाँद ५ नाडामा ९ जना र ढकारी ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एकर एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

भौतिक क्षतिसमेत ठुलो नै भएको त्यसको विवरण सङ्कलन कार्य जारी रहेको डिएसपी डाँगीले बताए । स्थानीय तहले जथाभाबी सडक निर्माण गर्ने गरेका कारण अछाम जिल्ला नै पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरो गएका सबै ठाउँमा सडकको कारण प्रमुख रहेको पाइएको छ । गत साउन ८ गते राती तुर्माखाँद २ भुलुमा पहिरो गई तीन जनाको मृत्युको कारण पनि घर माथिको सडक रहेको जनाइएको छ ।

बिना तयारी अध्ययन बिना नै डोजरले बाटो खन्ने क्रम बढ्दो छ । पहिरो गएका आसपासका र अन्य संवेदनशील क्षेत्रमा अझै जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी लगायतले राहत दिन समेत थालेका छन् । सडक अवरुद्ध भएका कारण घटना स्थल सम्म जान समेत समस्या रहेको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका सभापति रत्नप्रसाद ढुङ्गानाले बताए । पहिरोमा परी घाइते ११ जना मध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ५३ बजे

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास