८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी प्रदेशमा संविधान दिवस, हिलाम्य सडकमा प्रभातफेरी (फोटो फिचर)



बुटवल । आठौं संविधान दिवस लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । ३ दिन विविध कार्यक्रम गरि मनाइएको दिवसको मुख्य दिन आज प्रभातफेरी सहित विशेष समारोह गरि दिवस मनाइएको हो ।

बिहानै बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रभातफरी बिसक्याम्प, नेपाली सेनाको प्रितना हेडक्वाटर, प्रहरी तालिमकेन्द्र हुँदै अन्तरराष्ट्रिय सम्मेलन केन्द्र पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा प्रदेशको झल्को दिनेगरि बिभिन्न भाषा र संस्कृतिमा आधारित झाँकी प्रदर्शन गरिएको थियो ।

मुख्यमन्त्री कुलप्रसाद केसी र प्रदेश सरकारका मन्त्रीहरु सहित पैदल झाँकीमा सहभागीहरुलाई चौराहाबाट बिस क्याम्प सम्मको अस्तव्यस्त सडकले सास्ती दिएको थियो । विद्यालयका बालबालिका र झाँकीमा सजिएर आएका सहभागीहरुलाई बाटोमा रहेको हिलोबाट आफुलाई जोगाउन निकै हम्मेहम्मे परेको थियो ।

अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर समारोहमा परिणत भएको कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, प्रदेशसभा सभामुख पुर्ण घर्ती, मुख्यमन्त्री केसी सहित प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव र सचिवहरु, सुरक्षा निकायमा प्रदेश प्रमुखहरु सहित कर्मचारी र व्यवसायिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । संविधान दिवसका अवसरमा प्रदेश सरकारले घोषणा गरेको विभिन्न मानपदवीबाट प्रदेशका ६१ जना विभूषित भएका व्यक्तिहरुको नाम पढेर सुनाइएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : २५ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन