२ चैत्र २०८२, सोमबार | March 16, 2026

लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता : बुद्धिचालमा बर्दियाका निशान्त र रुपन्देहीकी नमन प्रथम



बुटवल । बुटवलमा जारी नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

सोमबार भएको पाचौ चरणको खेलमा पुरुषतर्फ बर्दियाका निशान्त श्रेष्ठ साढे ४ अंक सहित प्रथम भएका छन । रुपन्देहीका सुमन श्रेष्ठ ४ अंकसहित दोस्रो भए भने अर्घाखाचीका कुशल बेलबासे तेस्रो भए । यसैगरि महिला खेलतर्फ रुपन्देहीकी नमन सेढाइ ४ अंक सहित विजेता बन्दै छनौट भएकी छिन ।

उनी बुद्धिचाल खेलकी राष्ट्रिय खेलाडी समेत हुन । खेलमा रुपन्देहीकी बुद्धिकला राना र बाकेकी सृष्टि शाह क्रमश साढे ३ अंक सहित दोस्रो र तेस्रो भईन । महिलातर्फ १० जना तथा पुरुषतर्फ २२ जना खेलमा सहभागी भएका थिए । टिम विजेताका रुपमा रुपन्देही प्रथम, बाके दोस्रो तथा अर्घाखाची तेस्रो भएको छ ।

एक समारोहका बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, खेल संयोजक केन्द्रीय उपाध्यक्ष माधव प्रधान, जिल्ला खेलकुद विकास समितिका सदस्य पशुपति उपाध्यायले विजयी तथा उपविजयी खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गर्दै प्रदेशलाई पदक जित्ने रुपमा खेल प्रदर्शन गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : २९ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५