२५ चैत्र २०८२, बुधबार | April 8, 2026

संविधान दिवसका दिनबाटै एक आपसमा रहेको तुषको अन्त्य होस् : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधान दिवसकै दिनबाट सबैमा अहिले सम्म भएका तुषको अन्त्य हुनु पर्ने बताएका छन् । दिवसको अवसरमा प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले अहिले सम्मको तुषको अनत्य गर्ने र संविधानको पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका हुन् ।

उनले वर्तमान संविधानले सामान्ती, निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सृजित सबै प्रकारको विभेद, उत्पिडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजलाई एकताबद्ध बनाएको बताए । संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमिकता नेपाली जनतामा निहित भएको उल्लेख गर्दै शेरचनले जनता राज्य शक्तिको स्रोत बन्न सकेको बताए । नेपाली माथि देशलाई सामाजिक न्याय सहितको समानता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व आएको उनले बताए ।

उनले आसन्न निर्वाचनले योग्य र सक्षम नेतृत्व चयन भई देशलाई संविधान कार्यान्वयनको दिशामा अगाडि बढाउने अपेक्षा गर्दै उनले त्यसका लागि सबै दलहरु इमान्दार प्रतिबद्धता सहित आउन आवश्यक रहेको पनि बताए ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पुर्ण घर्ती, प्रदेश सरकारका मन्त्री तथा मुकाममा उपलब्ध कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । फितलो व्यवस्थापनका साथ आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय गान बजाउन मात्र झण्डै १० मिनेट सहभागिहरुलाई प्रतिक्षामा उभ्याइएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ५५ बजे

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट, बजारमा सकारात्मक संकेत

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।