४ पुस २०८२, शुक्रबार | December 19, 2025

मोतिपुर औद्योगिक करिडोरका अभियन्ता नवराजलाई ‘नेपाल सेवा प्रवीण’ पदक



बुटवल । बुटवल स्थित मोतिपुर औदागिक करिडोरका अभियन्ता उद्योगी नवराज श्रेष्ठ संविधान दिवसको अवसरमा नेपाल सरकार द्वारा ‘नेपाल सेवा प्रवीण’ पदकबाट विभूषित हुने भएका छन् ।

राष्ट्रपति विद्यादेबी भण्डारीबाट विभूषित गरिने नेपाल सेवा प्रवीण पदक श्रेष्ठले पाल्पा र रुपन्देहीमा गरेको औदागिक तथा व्यवसायिक योगदानका लागि प्रदान गरिएको हो । बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठको कार्यकालमा नै मोतिपुर औद्यागिक करिडोरको परिकल्पना गर्दै स्थापनाका लागि औपचारिक माग गरिएको थियो ।

श्रेष्ठले बुटवल स्थित निर्माणाधिन बुटवल मण्डपलाई बहुउद्देस्सिय प्रदर्शनी स्थल बनाउन आवश्यक जग्गा प्राप्तिको एजेण्डाको पनि अगुवाई गरेका थिए । हाल प्लास्टिक पाईप, पानी टङ्की लगायतका र्मिाणजन्य सामाग्रीका उत्पादक रहेका श्रेष्ठले उद्योग बाणिज्य, जेसिज लगायतका सामाजिक संस्थामा रहेर समाजमा योगदान गरेका छन् ।

पाल्पाबाट ब्यापार व्यवसायको शिलशिलामा बुटवल झरेका श्रेष्ठको नेतृत्वकालमा बुटवल उद्योग बाणिज्य संघले ठुलो योगदान गरेको बुटवलका व्यवसायीहरुले स्मरण गर्ने गर्दछन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ४६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज