७ पुस २०८२, सोमबार | December 22, 2025

चितवन गोल्डकपको उपाधि आर्मीलाई



भरतपुर । त्रिभुवन आर्मी फुटबल क्लब चितवन गोल्डकपको उपाधि जितेको छ । नारायणगढको क्याम्पा चौरमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २-० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीको जीतका लागि सुदील राईले दुवै गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरे ।

खेल सकिन एक मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जीत सुनिश्चित गरे । उनी खेलको ‘म्यान अफ दी म्याच’ भए । उनले नगद रु १० हजार प्राप्त गरेका छन् ।

विजेता आर्मीले नगद रु सात लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको एपिएफले तीन लाख ५० हजार प्राप्त गरेको छ । एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बने । उनले गोल्डकपभर सात गोल गरेका थिए ।

यस्तै आर्मीका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए । उनीहरुले जनही नगद २०-२० हजार प्राप्त गरे । भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न गोल्डकपमा दुई ‘ए’ डिभिजन र दुई विदेशी गरी १० टोली सहभागी थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ०४ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी