१ पुस २०८२, मंगलबार | December 16, 2025

अनसनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै



काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर कैलालीमा आमरण अनसन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्यअवस्था बिग्रिँदै गएपछि उनलाई काठमाडौं ल्याइने भएको छ ।

९ दिनदेखि अनसनरत केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइन लागेको हो । केसीको स्वास्थ्य थप बिग्रन नदिन काठमाडौं पठाउने तयारी भैरहेको कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । यसअघि केसीको स्वास्थ्य बिग्रन थालेपछि सेती अञ्चल अस्पतालमा उपचार भैरहेको थियो । केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलन हुँदै गएको छ भने पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको छ ।

डा. केसी अनसन बसेको दोस्रो दिनमै सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । तर उनले औषधी सेवन गरेका थिएनन् । जसका कारण स्वास्थ्यअवस्था बिग्रँदै गएको हो ।
काठमाडौंमा केसीका प्रतिनिधि र सरकारी अधिकारीहरुबीच वार्ता आज पनि भैरहेको छ । वार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भैरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  २ : १७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज