९ पुस २०८२, बुधबार | December 24, 2025

प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन फागुनमा हुने



बुटवल । प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी फागुन हुने भएको छ । असोज १ र २ गते प्रशिक्षणसहित दाङको भालुबाङमा सम्पन्न केन्दीय समिति बैठकले फागुनमा सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको तिथि मितिपछि तोकिने छ ।

बैठकपछि संघका केन्द्रीय संयोजक श्यामलाल पोखरेलले जारी प्रेस विज्ञप्ति अनुसार बैठकले मिडिया काउन्सिल विधेयक खारेजीको माग गरेको छ ।

बैठकले बैठकले राष्ट्रियसभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको मिडिया काउन्सिल विधेयकमा समाचार लेखेकै कारण अपराधीलाई झै लामो अवधिको सजाय प्रस्तावित गरिएकाले खारेजीको माग गरिएको हो ।

उक्त विधेयकका विरोधमा आउने पत्रकार संग सम्बन्धित संगठनहरुससित सहकार्य गर्ने बैठकले निर्णय गरेको विज्ञप्तमिा उल्लेख छ । त्यस्तै, केन्द्रीय सचिवालय गठन, सल्लाहकार नियुक्ति, त्रैमासिक कार्यक्रम, अक्षयकोष निर्माण लगायतका विषयबारे बैठकमा निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले सल्लाहाकारहरु चयन गर्नुका साथै सचिवालय गठन गरेको छ ।

त्रैमासिक रूपमा भौतिक उपस्थिति वा भर्चुअल कार्यक्रम गर्ने र पत्रकारहरुका लागि अक्षयकोष स्थापना गर्ने निर्णय भएको विज्ञप्तमिा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : १७ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)