३१ असार २०८३, बुधबार | July 15, 2026

प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन फागुनमा हुने



बुटवल । प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी फागुन हुने भएको छ । असोज १ र २ गते प्रशिक्षणसहित दाङको भालुबाङमा सम्पन्न केन्दीय समिति बैठकले फागुनमा सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको तिथि मितिपछि तोकिने छ ।

बैठकपछि संघका केन्द्रीय संयोजक श्यामलाल पोखरेलले जारी प्रेस विज्ञप्ति अनुसार बैठकले मिडिया काउन्सिल विधेयक खारेजीको माग गरेको छ ।

बैठकले बैठकले राष्ट्रियसभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको मिडिया काउन्सिल विधेयकमा समाचार लेखेकै कारण अपराधीलाई झै लामो अवधिको सजाय प्रस्तावित गरिएकाले खारेजीको माग गरिएको हो ।

उक्त विधेयकका विरोधमा आउने पत्रकार संग सम्बन्धित संगठनहरुससित सहकार्य गर्ने बैठकले निर्णय गरेको विज्ञप्तमिा उल्लेख छ । त्यस्तै, केन्द्रीय सचिवालय गठन, सल्लाहकार नियुक्ति, त्रैमासिक कार्यक्रम, अक्षयकोष निर्माण लगायतका विषयबारे बैठकमा निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले सल्लाहाकारहरु चयन गर्नुका साथै सचिवालय गठन गरेको छ ।

त्रैमासिक रूपमा भौतिक उपस्थिति वा भर्चुअल कार्यक्रम गर्ने र पत्रकारहरुका लागि अक्षयकोष स्थापना गर्ने निर्णय भएको विज्ञप्तमिा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : १७ बजे

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ बागखोरका पहिरो विस्थापित