२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता : बाँके र दाङलाई फुटबलको उपाधि



बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत फुटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बाके र महिलातर्फको उपाधि दाङले हात पारेको छ ।

पुरुष-महिला दुबै फाईनल खेलमा बर्दिया जिल्लालाई पराजित गर्दै बाके र दाङ जिल्ला विजेता बनेको हो ।

देबिनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा मंगलबार भएको फाईनल खेलमा पुरुषतर्फ बाँकेले बर्दियालाई ट्राईबेकरमा ५-४ गोल अन्तरले जित निकाल्यो ।

निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । यसैगरि महिलातर्फको फाईनल खेलमा दाङ र बर्दिया बिच निर्धारित समयमा समान १-१ गोलको बराबरी भएपनि ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा ५-४ गोल अन्तरले दाङ विजयी भएको हो ।

एक समारोहक बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, प्रशिक्षक संघका उपाध्यक्ष याम गुरुङले विजयी खेलाडीहरुलाई कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : २७ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत