२० मंसिर २०८२, शनिबार | December 6, 2025

बेलायतमा छानियो ‘भाउ’



काठमाडौं । नेपाली सर्ट फिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेशन्स एट पाइनउड स्टुडियोज’ को छनोटमा परेको छ । यो स्टुडियो फिल्ममा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरि खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो ।

लामो समयदेखि फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका कलाकार सुवासप्रसाद गजुरेलले यस फिल्ममा मुख्य कलाकारको रुपमा भूमिका निर्वाह गरेका छन् . फिल्ममा सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि अभिनय छ ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको फिल्मको लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मीसमेत रहेका मोहन अभिलाषीले गरेका हुन् । फिल्मको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् ।

कवाडीवालाको कथा रहेको फिल्ममा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : ५५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय