४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा दशैं सस्तो बजार सञ्चालन गरिने



बुटवल । बुटवलमा दशैं सस्तो बजार सञ्चालन हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दशैंको घटस्थापना देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालन गर्ने भएको हो ।

असोजको १० गते घटस्थापनादेखि १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा प्राङ्गणमा हुने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुका स्टल सहित नयाँ नोट सटहीको व्यवस्था मिलाईने दशैं सस्तो बजारका संयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी दिए ।

दुग्धजन्य उत्पादन, नुन, चिनी, माछा, मासु, अण्डा लगायतका दैनिक उपभोग्य बस्तुहरु दशैं सस्तो बजारमा राखिने छ । त्यसको लागि नेपाल राष्ट्र बैंक, डिडिसि (दुग्ध विकास संस्थान), साल्ट ट्रेडिङ लगायत अन्य निजी कम्पनीहरुसंग कुरा भईरहेको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार दशैं सस्तो बजारमा बाहिर बजारमा भन्दा सुपथ मुल्यमा विक्रि वितरणको प्रवन्ध मिलाईने छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको