१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आजबाट बुटवलमा दशैं सस्तो बजार सुरु



बुटवल । बुटवलमा आजबाट दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषर वालमन्दिरमा दशैं सस्तो बजार शुरु भएको हो ।

पाँच दिनसम्म सञ्चालन गरिने दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले दशैं सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवद्र्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गरे । उनले बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै बुटवलको गौरव र आकर्षलाई बढाउनको लागि स्थानीय तथा संघसंस्थाहरुले पनि सोंच्ने बेला आएको बताए ।

बुटवलमा मानिसहरुको आकर्षण बढाउनको लागि वडा नं. १ पुरानो बुटवल (बटौली) बाट कामको सुरुवात गर्नुपर्ने बताउँदै उनले नगरपालिकाले सोही अनुसार कामको थालनी गरेको जानकारी दिए ।

बुटवलमा पार्किङको समस्या रहेको बताउँदै पार्किङ व्यवस्थापनको लागि पुराना भवनहरुलाई पुनः निर्माण गरि अन्डरग्राउण्ड २ तला र माथिल्लो भागमा समेत पार्किङ गर्न मिल्ने गरी नयाँ भवन निर्माण गर्ने सोँच बनाएको जनाए ।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दशैं सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मुल्यमा बस्तुको विक्रिवितरण गरिने जानकारी दिए । संघले विगतदेखि सञ्चालन गर्दै आएको दशैं सस्तो बजार एउटा निरन्तरता मात्रै नभएर सर्वसाधारणलाई लक्षित गरेर दिईने सेवा पनि भएको बताए । बजारमा राष्ट्र बैंक संघको सहकार्यमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको छ भने नुन, तेल, चिनी, मसला लगायतका दैनिक उपभोग्य सामान विषेश सहुलियतमा उपलब्ध गराइएको छ ।

त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको समेत हितमा हुनेगरी व्यवस्था मिलाउन आग्रह गरे । उनले विशेष गरेर चाडपर्वको समयमा मासु तथा मिठाईको गुणस्तर तथा उपभोक्ता मुल्यलाई समेत ध्यान दिनुपर्ने भनाई राखे ।

जिल्ला सुरक्षा समितिले चालपर्व लक्षित सुरक्षा व्यवस्था तयार गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले अपराधिक गतिबिधि रोक्न भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको जानकारी गराए ।

यहि असोजको १४ गते पञ्चमी सम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल चिया, कपि, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामान सहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूल लगायतका सामगिहरुको विक्रि वितरण गरिने छ । त्यस्तै दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको छ, लायन्स क्लव अफ बुटवल युथले निःशुल्क सुगर परीक्षण गरेको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : १८ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका