२८ पुस २०८२, सोमबार | January 12, 2026

टेण्डर नपरेपछि ढुवानी भएन चामल



तुलसीपुर । चामल ढुवानीका लागि टेन्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दसैँलाई लक्षित गरी चाम ढुवानीका लागि बोलपत्र आह्वान गरे पनि कसैले नहाल्दा चामल ढुवानी अन्योलमा छ ।

पुनः दोस्रोपटक बोलपत्र खोलेर ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि बोलपत्र परेको छैन । “ बोलपत्र खोले पनि कसैले पनि बोलपत्र आह्वान गरेनन्”, उनले भने, “त्यसले गर्दा पनि चामल ढुवानी हुनसकेको छैन ।”

पहाडी जिल्लामा चामल पु¥याउनका लागि तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको छ । बोलपत्र नपरेपछि अहिले कार्यालय आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामलसमेत पठाइसकेको छ ।

ढुवानी रकम महँगो भएकाले पनि बोलपत्र हाल्न नमानेको हुनसक्ने सुनारले बताए । “अहिले पेट्रोलको मूल्य बढेको छ, तर ढुवानी मूल्य बढेपछि बोलपत्र हाल्न नमानेको हुनसक्छ,” उनले भने ।

चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाएको छ । प्रत्येक चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उनले बताए । जसअनुसार अहिले बास्मती चामलको मूल्य प्रतिकेजी रु १०३, जिरा मसिनो चामलको प्रतिकेजी रु ६०, सोना मन्सुलीको प्रतिकिलो रु ४३ रहेको छ ।

दाङमा चामल उत्पादन पनि हुने भएकाले कम्पनीको चामल कम खपत हुने गरेकोसमेत उनले बताए । उनका अनुसार दाङमा कम्पनीको वार्षिक २०० क्विन्टलमात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल ढुवानी हुने गरेको उनको भनाइ छ ।

अर्कोतर्फ मानिसलाई खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउने कुरा थाहा नभएर पनि बजारबाट चामल किन्ने गरेको सुनार बताउँछन् । यसका लागि प्रचार-प्रसार आवश्यक रहेको उनको भनाइ छ । तुलसीपुरमा चामल मौज्दात राख्नका लागि पाँच हजार क्विन्टल क्षमता रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ३५ बजे

पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पूर्णबहादुर खड्काको अपील

काठमाडौं । विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने तयारी

‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती’

मोरङ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनमा डिजिटल

माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ । यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप