काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरुको आज सुनुवाई हुँदैछ । आजको पहिलो सुनुवाईमा सो रिट सर्वोच्चका न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेका छन् ।
अलग अलग दर्ता गरिएको पाँच फरक रिट निवेदनहरु एकसाथ डा. शर्माको एकल इजलासमा पेशी तोकिएको छ ।
संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले असोज ४ गतेभित्र प्रमाणीकरण गर्नु पर्नेमा गरिनन् । संविधानले बाध्यात्मक व्यव्सथा गरेपनि उनले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग गर्दै राष्ट्रपति भण्डारी विरुद्ध पाँच फरक रिट निवेदनहरु दर्ता भएका थिए ।


















प्रतिक्रिया