३ आश्विन २०८३, शनिबार | September 19, 2026

नागरिकता विधेयक पारित भएपछि गृहमन्त्रीलाई रेखा थापाको बधाई



काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छन्। प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन्।

गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक संजालमा लेखेकी छिन्,‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ। तर नागरिकता लिन जादाखेरी बाबुको खोजी हुन्छ ! तर, आमाको नामबाट नागरितका पाउने स्थिति बनेन। अब यस्तो परिस्थितिको अन्त्य भएको छ। नेपाल सरकार एवम गृहमन्त्रीलाई यो साहसिक कदमका लागि धेरै धेरै बधाई। तमाम नगरिकताविहीन नेपाली नागरिकलाई धेरै बधाई। महिलालाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ।’

गृहमन्त्री लेखकले गत शनिबार उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव पेस गर्दै लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ३० बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय