१० चैत्र २०८२, मंगलबार | March 24, 2026

डा.भगवान कोइरालाले जिते ‘छैठौं उज्ज्वलतारा दौड’ को पुरस्कार



काठमाण्डौ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवानकोइरालाले शनिबार काँडाघारीमा सम्पन्न ‘छैठौं उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडको पुरस्कार जितेका छन् । उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिष्पर्धि समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा पुरस्कार जितेका हुन् । उनले आफ्नाउमेर समूहका २७ प्रतिष्पर्धिलाई उछिनेर तेस्रो भई पदक, ट्रफि र प्रमाणपत्र पाए ।

विजेता डा.कोइरालालाई गल्फ खेलका गुरु घनश्याम थापा, दौड कार्यक्रम संयोजक नेपाली सेनाका महासेनानी विष्णु कार्कीले पुरस्कार वितरण गरेका थिए भने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले फूलको विरुवा सहितको गमला उपहार प्रदान गरेकी थिइन् ।

आफैं वरिष्ठ मुटुरोग विशेषज्ञ रहेका डा.कोइरालाले ह्याम्स अस्पतालले प्रदान गरेको ८ हजार रुपैयाँ बराबरको मुटुरोग परिक्षण प्याकेज पनि पुरस्कार पाए । सो विधामा पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो भएका थिए ।

सहभागिता शुल्क वापत संकलित सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ०२ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो