९ पुस २०८२, बुधबार | December 24, 2025

माओवादीनिकट बुद्धिजीवी संगठनले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन समिति



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध वैचारिक संगठन नेपाल बुद्धिजीवी सङ्गठनले आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर पाँच सय एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

शनिबार सम्पन्न संघकाकेन्द्रीय समितिको बैठकले सङ्गठनका संयोजक कृष्ण केसीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा निलकण्ठ तिवारी रहेका छन् । निर्वाचन परिचालन समितिमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका पदाधिकारी र सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य रहेका छन् ।

संगठनको केन्द्रीय कार्यालय टिमलाई निर्वाचन परिचालन समितिको सचिवालय बनाएर निर्वाचनसम्बन्धी कामको परिचालन गर्नेसमेत निर्णय गरिएको संयोजक केसीले जानकारी दिए ।

बैठकले निर्वाचन अघि आमजनसमुदायलाई माओवादी र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसहितको अपिल प्रकाशन गर्ने, माओवादी आन्दोलनका प्रमुख उपलब्धि नामक पुस्तिका परिमार्जनसहित पुनःप्रकाशन गर्ने, प्रदेश र स्थानीय तहमा निर्वाचन परिचालन समिति बनाउनेलगायत निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रका सचिव एवं बुद्धिजीवी सङ्गठनका इञ्चार्ज दीनानाथ शर्माले आसन्न निर्वाचनमा क्रान्तिकारी बुद्धिजीवीले जनतालाई वैचारिक दिशानिर्देश दिनुपर्ने बताए । आगामी मङ्सिर ४ गते हुने निर्वाचन सामान्य प्रकृतिको निर्वाचन नभई अग्रगमन र प्रतिगमनबीचको संघर्ष भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : १६ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका