२१ माघ २०८२, बुधबार | February 4, 2026

अर्थमन्त्री शर्मा भन्छन् – कर्णालीको विकासमा कृषिकै भूमिका महत्वपूर्ण छ



जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयोजित कार्यक्रमा उनले अझ कर्णाली जस्तो क्षेत्रको विकासमा कृषिको भूमिका निकै महत्वपूर्ण हुने बताए ।

‘कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धी सम्भव छैन’, उनले भने, ‘किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ ।’ अर्थमन्त्री शर्माले कर्णालीसँग समग्र मुलुकलाई नै पाल्न सक्ने सामार्थ्य भएकोले कर्णालीमा लगानी बढाउन जरुरी रहेको बताए । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुराउँन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुराउन सरकार लागिरहेको पनि उनले बताए ।

जुम्लाको गुठीचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रो फार्मको उद्घाटन गर्न शनिवार जुम्ला आएका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योग्दान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ ।’

कर्णाली कृषि, पर्यटन, जडिबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र प्रर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उनले बताए । जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुराउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने शर्माले बताए ।

कर्णालीको कृषिमा प्रर्याप्त लगानी भए कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने समेत उनको दाबी छ । जुम्ली उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुराउने सहज वातावरण बनाउन सरकार लागि परेको बताए ।

यस्तै, सांसद गजेन्द्रबहादुर महतले गुठीचौर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धीको आधार रहेको बताए । यसले धेरैलाई रोजगारी दिनुको साथै कृषिमा नयाँ आयाम ल्याएको उनले बताए ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताए । २०७५ सालदेखि सुरु भएको एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार स्याउको बिरूवा रोपेको सञ्चालक मिमबहादुर भण्डारीले बताए । उनले ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १ : ०० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता