३ पुस २०८२, बिहिबार | December 19, 2025

अर्थमन्त्री शर्मा भन्छन् – कर्णालीको विकासमा कृषिकै भूमिका महत्वपूर्ण छ



जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयोजित कार्यक्रमा उनले अझ कर्णाली जस्तो क्षेत्रको विकासमा कृषिको भूमिका निकै महत्वपूर्ण हुने बताए ।

‘कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धी सम्भव छैन’, उनले भने, ‘किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ ।’ अर्थमन्त्री शर्माले कर्णालीसँग समग्र मुलुकलाई नै पाल्न सक्ने सामार्थ्य भएकोले कर्णालीमा लगानी बढाउन जरुरी रहेको बताए । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुराउँन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुराउन सरकार लागिरहेको पनि उनले बताए ।

जुम्लाको गुठीचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रो फार्मको उद्घाटन गर्न शनिवार जुम्ला आएका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योग्दान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ ।’

कर्णाली कृषि, पर्यटन, जडिबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र प्रर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उनले बताए । जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुराउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने शर्माले बताए ।

कर्णालीको कृषिमा प्रर्याप्त लगानी भए कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने समेत उनको दाबी छ । जुम्ली उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुराउने सहज वातावरण बनाउन सरकार लागि परेको बताए ।

यस्तै, सांसद गजेन्द्रबहादुर महतले गुठीचौर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धीको आधार रहेको बताए । यसले धेरैलाई रोजगारी दिनुको साथै कृषिमा नयाँ आयाम ल्याएको उनले बताए ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताए । २०७५ सालदेखि सुरु भएको एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार स्याउको बिरूवा रोपेको सञ्चालक मिमबहादुर भण्डारीले बताए । उनले ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १ : ०० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको