१० असार २०८३, बुधबार | June 24, 2026

गर्भपतनले कानुनी मान्यता पाएकोबारे ४२ प्रतिशत महिला मात्रै जानकार



काठमाडौं। नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार रहेको एक अध्ययनले देखाएको छ ।

नेपालले १० असोज ०५९ मै गर्भपतनलाई कानुनी मान्यता दिएको हो । मुलुकी ऐनको ११औं संशोधनद्वारा गर्भपतनले कानुनी मान्यता पाएको थियो । कानुनी मान्यता पाएको २० वर्षमा नेपालले गर्भपतनलाई स्वास्थ्य सेवाको रुपमा मात्रै नभई महिलाको प्रजनन अधिकारको रुपमा अंगिकार गरिसकेको छ ।

नेपालको संविधानले मौलिक हकको रुपमा अंगिकार गरेको प्रजनन स्वास्थ्य सेवा अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुचयोग्य सेवालाई व्यवस्थित गर्न सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन ०७५ र नियमावली ०७७ लागु गरिएको छ । कानुनी मान्यता पाएको दिनलाई सम्झना गर्दै सात वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइन्छ । यस वर्ष ‘सुरक्षित गर्भपतनः अपराध होइन, अधिकार हो’ भन्ने नाराका साथ आठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइएको छ ।

दिवसको अवसरमा परिवार कल्याण महासाखा, महिला कानुन विकास मन्च, आइपासलगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । महिला विकास र कानुनमञ्चका कार्यकरी निर्देशक सविन श्रेष्ठले नेपालमा सुरक्षित गर्भपतनको सुरुवातदेखि हालसम्मको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो क्रममा उनले केवल ४२ प्रतिशत महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको बारे जानकारी रहेको बताए । कुल गर्भपतन गराएको महिलामध्ये ५८ प्रतिशतले असुरक्षित रुपमा गर्भपतन गरेको तथ्यांक छ ।

स्वास्थ राज्यमन्त्री हिराचन्द्र केसीले कानुनत धेरै अधिकार प्राप्त भएको तर त्यसअनुसार कार्यान्वयनमा समस्या रहेको बताए । सुरक्षित गर्भपतनबारे स्कुल शिक्षामै समावेश गर्न आवश्यक रहेकोमा उनले जोड दिए । साथसाथै सुरक्षित गर्भपतनको अधिकारको दुरुपयोग पनि हुन सक्ने भएकाले ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आमा बन्ने चाहना हुँदाहुँदै श्रीमानको इच्छा नहुँदा बन्न नपाएको, अपाङ्गता भएकाहरूले आमा बन्न पाउने अधिकारको विषयलाई समेत ख्याल गर्नुपर्नेमा जोड दिइन ।

काठमाडौं महानगर पालिकाकी उपमेयर सुनिता डङ्गोलले जानकारी नहुँदा पनि धेरैले समस्या भोग्नुपरेको बताइन ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : ४१ बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३