१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा रू. १ लाख जित्न सकिने



काठमाडौ । आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर  रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार क्युआर स्क्यानमा रू. १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।
नेपालको महान चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ ।

जस मार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा रु. १,००,००० जित्ने मौका पाउनेछन् ।

यसको साथै यहि असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा रु. १००) पनि प्राप्त गर्न सकिनेछ ।

समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पु¥याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : १५ बजे

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा