२१ माघ २०८२, बुधबार | February 4, 2026

दशैं सस्तो बजारको तयारी पुरा



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भोली सोमबारदेखि बुटवलमा सञ्चालन हुने दशैं सस्तो बजारको तयारी पुरा भएको छ । संघले प्रत्येक वर्ष घटस्थापना देखि पञ्चमीसम्म पाँच दिन दशैं सस्तो बजार सञ्चालन गर्दै आएको छ । सोही अनुसार यो वर्ष पनि भोली घटस्थापनादेखि १४ गते पञ्चमीसम्म दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको हो ।

दशैं सस्तो बजार सञ्चालन गर्नको लागि सबै तयारी पुरा भएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले बथनए । उनले दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने जानकारी दिए ।

दशैं सस्तो बजारले यस क्षेत्रका उपभोक्ताहरुलाई दशैंको बजार गर्न सहज हुने बताउँदै अध्यक्ष कसजूले बजारबाट लाभ लिन पनि सबैलाई आग्रह गरे । दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिर प्राङ्गणमा हुने दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, नेपाल खाद्य सस्थान, पैचो पसल सहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल चिया, कपि, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामान सहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूल लगायतका सामग्रीहरुको विक्रि वितरण गरिने संघका महासचिव बिमलराज भट्टराईले बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ४२ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु