१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कांग्रेसमा कचिंगल



काठमाडौं । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार फरक दृश्य देखिन्थ्यो । ब्यानर बोकेर कांग्रेस नेता नै धर्ना बसेका थिए । सबैको एउटै स्वर थियो, ‘हामी पार्टीभित्र न्याय मागिरहेका छौं। अन्याय सहँदैनौं भनेर विरोध स्वरूप धर्नामा बसेका हौं ।’

उनीहरू धर्नामा बस्नको कारण थियो- आसन्न निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाउनु । अनि, धर्नामा बस्ने थिए संस्थापन इतर समूहका नेता । पछिल्लो समय समानुपातिक उम्मेवारको विषयलाई लिएर सुरु भएको कांग्रेसभित्रको कचिंगल धर्नासम्म पुगेको छ ।

सोमबारदेखि नै बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहेको छ । बैठकको उद्देश्य पनि यो किचलोलाई अन्त्य गर्ने भएको नेताहरू बताउँछन् । तर, उनीहरूले भनेजस्तो सहज रूपमा यो समस्या समाधान भएको छैन । यता धर्नामा बसेका नेताहरूको अडान पनि उस्तै छ । धर्नामा सहभागी कांग्रेसका नेता जगदीश नरसिंहकेसी भन्छन्, ‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले मौन विरोध जनाएका छौं । त्यसैले हामी प्ले–कार्ड बोकेर नाराबाजी गरेनौं एकदमै मौन अवस्थामा अघि बढेका हौं ।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकालाई चुनावमा टिकट नदिने नीति लिएर एकलौटी रूपमा अघि बढेको आरोप इतर पक्षको छ । उक्त समूहले पार्टीको महाधिवेशन देखिनै छुट्टाछुट्टै भेला र बैठक गर्दै आएको थियो । उक्त गुटको छलफल, भेला र बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चितता नभए संघर्ष गर्ने निर्णय गरेको पनि केसीले बताए । भने, ‘हामी अहिले सिम्बोलिक आन्दोलनको चरणमा छौं । त्यसैले शान्त भएरै पार्टीभित्र अधिकार मागेका छौं । बिहीबार पनि अनुपम फुडल्यान्डमा छलफल राखेका छौं । हेरौं अवस्था कस्तो हुन्छ ।’

सोही समूहका अर्का नेता भुपेन्द्रजंग शाहीले भने समानुपातिकको सूची तयार गर्दा इतर समूहसँग छलफल भएको भनेर हल्ला पनि छलफल नभएको दाबी गरेका छन् । उनले भने, ‘त्यस्तो सहमति भएको होइन । सूची हेर्दै पनि थाहा हुन्छ । सल्लाह छलफल भएको भए यस्तो सूची आउने थिएन । हाम्रो पक्षका साथीहरूका नाम समावेश भएकाको नाम पनि पछाडि राखिएको छ ।’

महाधिवेशनमा आफूलाई मत नदिएको आधारमा सभापतिले अहिलेसम्म बदलाको व्यवहार गरेको भन्दै पार्टीभित्र न्याय र समान अवसरका लागि अहिलेको दबाबपूर्ण कार्यक्रम गरिएको शाहीले बताए । थपे, ‘एकलौटी निर्णय गर्ने बानी सभापतिजीमा देखिएको छ ।’

इतर समूहले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् । अर्कोतिर प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरू मात्रै परेको उनीहरूले बताउँदै आएका छन् ।

आन्दोलन गर्ने पक्षका एक नेताका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जनामध्ये १३ जना इतर पक्ष र बाँकी संस्थापन पक्षका छन् । जसमध्ये केदारनरसिंह केसी, टेकबहादुर गुरुङ, डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, केशरमान रोका, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम परेको छ । समानुपातिकमा करिब १० प्रतिशत मात्रै उम्मेदवार बनाएपछि शेखर–गगन पक्षले संस्थापनलाई दबाब दिन पार्टी कार्यालय सानेपा, ठमेल, र बत्तीसपुतलीमा भेला गर्दै आएका छन् । शेखर समूहले अहिले ४० प्रतिशत उम्मेदवारी माग गर्दै आएको छ । विस्तृत समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ७ : ५३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम