२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

रक्षक गौतमले छोडे आर्मी



काठमाडौं । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् ।

गत सिजन गौतम पहिलो पटक आर्मीको जर्सिमा ए डिभिजन लिग खेलका थिए । त्यस अघि उनी जावलाखेल युथ क्लबमा थिए ।

आर्मीमा अनुबन्ध भएसगै राइट ब्याक गौतमले एएफसी कपको प्रारम्भिक छनोट खेलेका थिए । यद्यपि, आर्मी दोस्रो चरणमा स्थान बनाउन असफल रह्यो । आर्मीमा रहदा गौतमले थुप्रै मोफसल उपाधि जितेका थिए ।

गौतमले व्यक्तिगत कारण आर्मी छोडेको बताएका छन्, ‘व्यक्तिगत कारण आर्मी छोडेको हो’, गौतमले भने, ‘भविष्यको बारेमा अहिले केही टुंगो गरेको छैन ।’

११ असोजमा नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेल्दा गौतम घाइते थिए । जसका कारण टोली बाहिर रहे ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १२ : ११ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत